समाज

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
SHARES

चैत ११, २०७५

    भद्रपुर, (झापा) : मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका २ स्थित झिलमिले पुलनजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।

    मोटरसाइकलको ठक्करबाट साइकलयात्री राई गम्भीर घाइते भएकोले उनलाई उपचारका लागि बिएण्ड सी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको क्रममा आइतबार राती मृत्यु भएको प्रहरीले जनाएको छ। यता मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका १ बस्ने २६ वर्षीय रिन्छे सेल्मु पनि घाइते भएकोले सोही अस्पतालमा उपचार भइरहेको छ। यता दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बुधवारेले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]