|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले आन्तरिकतर्फ  'बेबी जोन' संचालनमा ल्याएको छ। सुत्केरी आमा र बच्चालाई ध्यानमा राखेर बेबी जोन संचालनमा ल्याएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए। 

 यसअघि विमानस्थलले अन्तर्राष्ट्रिय उडानतर्फ बेबी जोन सञ्चालन गरिसकेको छ। जहाजको पर्खाइमा रहदा बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको महाप्रबन्धक क्षेत्रीले बताए। 

बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ। हिमालय हर्बलको सहयोगमा विमानस्थलमा बेबी जोन स्थापना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.