|

काठमाडौं : संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन्। सोमबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा देउवालाई एक घण्टा कुरे पनि बैठकमा आइपुगेका छैनन्।

प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थित भएपछि बैठक शुरू हुन सकेको छैन। सोमबार निर्वाचन आयोगको प्रमुख आयुक्त लगायत संवैधानिक अयोगका पदाधिकारी तथा सदस्यहरूको मनोनयन सिफारिस गर्ने कार्यतालिका थियो। एक घण्टा कुरेर पनि देउवा बैठकमा नआए पनि बैठकमा अन्य सदस्यहरू भने सहभागी भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।  

यसअघिको संवैधानिक परिषद्को बैठकमा पनि देउवा अनुपस्थित भएका थिए। उक्त बैठकबाट पाँचवटा संवैधानिक आयोगका अध्यक्षहरू सिफारिस भएका थिए। जसलाई पछि कांग्रेसले राजनीतिक मुद्दा बनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.