|

 काठमाडौं : राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमार्फत चर्चामा रहेको फिल्ममा डेब्यु फिल्ममार्फत एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिनमान बनियाँको अभिनय रहेको छ। यात्रामै आधारित विषयवस्तुमा आधारित फिल्ममा उनी भ्लगिस्टको भूमिकामा छन्। 

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ।  यसैफिल्ममार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहने छ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्। कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन्। 

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्। फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन्।

फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्ब, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ। फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको संगीत रहेको छ। फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेकाे छ।

ट्रेलर
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.