|

काठमाडौं : चालु आर्थिक वर्षको बजेट खर्च गर्ने समय सकिँदै जाँदा बजेट रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ। दोस्रो चौमासिक सकिँदासमेत ४५ प्रतिशत बजेट खर्च पुर्‍याउन नसकेको सरकारले रोजेको ठाउँमा बजेट उपलब्ध गराउन थालेको हो।

अर्थमन्त्रालयले रकमान्तर गरिने रकम राष्ट्रिय गौरवका आयोजना, दैविक प्रकोप भूकम्प पीडितको आवास अनुदान लगायतका विषयमा खर्च गर्ने प्रतिवद्धता जनाए पनि सोहीअनुसार भने भएको छैन। विविध शीर्षकमा ठूलो रकम कार्यकर्तालाई आर्थिक सहायतामा वितरण गरिएको छ भने रकमान्तर गरी उच्च जिम्मेवारको सचिवालय सजाउनेदेखि गाडी किन्न समेत खर्च गरिएको छ।

वर्षान्तमा ठूलो रकम रकमान्तर हुने गरेकोमा चालू आर्थिक वर्षको आठ महिानको महिनाको अवधिमा नै ३८ अर्ब रुपैयाँ बराबरको रकम रकमान्तर गरिएको छ। 

सरकारले बजेटमा छुट्याएको कार्यक्रम र रकमभन्दा बाहिर रकम लैजान पर्‍यो भने रकमान्तर गर्ने गरिन्छ। दोस्रो चौमासिक समीक्षा गरेपछि खर्च नहुन सक्ने क्षेत्रको बजेट खर्च हुने क्षेत्रमा सार्ने प्रवृत्ति रहेकोमा समीक्षा विनानै ठूलो रकम सारिएको छ।

सरकारले आठौ महिना अर्थात दोस्रो चौमासिकको अन्तिम महिनामा त्रै १८ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ भने अघिल्लो सात महिनाको अवधिमा १९ अर्ब रुपैयाँ बढीको रकमान्तर गरेको थियो। त्यसोत विनियोजन ऐनले विनियोजित रकम मध्ये एक शीर्षकबाट जम्मा रहेको रकम १० प्रतिशत नबढ्ने गरी अर्को शीर्षकमा राख्न वा खर्च गर्न सुविधा दिएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले रकमान्तर गरिएको रकम प्राथमिकताका आधारमा भूकम्प पीडितको आवास अनुदान, राष्ट्रिय गौरवका आयोजना बहुवर्षीय ठेक्काबाट सिर्जना भएको दायित्व, बाढी नियन्त्रण लगायतका विषयमा खर्च गरिने प्रतिवद्धता जनाएको छन्। तर अहिलेसम्मको अवस्थामा त्यस्तो देखिएको छैन। राष्ट्रिय प्राथमिकता प्राप्तसँगै रकमान्तर गरी खर्च नगर्ने प्रतिवद्धता जनाइएको क्षेत्रमा पनि खर्च भएको छ।

कहिले कति रकमान्तर

साउन महिनामा एक करोड रुपैयाँ विविध शीर्षकमा खर्च गरेकोमा दुई करोड रुपैयाँ रकमान्तर गरेको थियो। भदौ महिनामा एक करोड ३७ लाख विविध शीर्षकमा रकम निकासा गरेकोमा रकमान्तर गरी ‍कात्तिक महिनामा एक करोड १७ लाख विविध शीर्षकमा निकासा गरिएकोमा चार अर्ब ८० करोड रुपैयाँ रकमान्तर गरी निकास गरिएको छ। मंसिर महिनामा तीन करोड १३ लाख विविध शीर्षकमा रकम निकासा गरिएकोमा रकम रकमान्तर गरी दुई अर्ब २९ करोड रुपैयाँ निकास भएको छ।

पुस महिनामा नौ करोड ३२ लाख रुपैयाँ रकम विविध शीर्षकमा निकास गरिएकोमा रकम रकमान्तर गरी दुई अर्ब ८६ करोड रुपैयाँ निकास भएको छ। त्यस्तै माघ महिनामा एक करोड ५४ लाख रुपैयाँ विविध शीर्षकमा निकासा गरिएकोमा नौ अर्ब २९ करोड रुपैयाँ रकमान्तर गरी निकास गरिएको छ।

फागुन महिनामा १८ अर्ब रुपैयाँ रकमान्तर गरी निकास गरेको छ। 

सम्वन्धित समाचार

महिला आयोगमा पदाधिकारी आएनन्, गाडी आए 
प्रधानमन्त्री सचिवालयको सुरक्षाको लागि साढे दुई करोड

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.