समाज

मोटरसाइकललाई ट्रकको ठक्कर, दुईजनाको मृत्यु
SHARES

चैत ११, २०७५

    धनगढी : कैलालीको गोदावरी नगरपालिका ९ बल्मीमा मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का ५० वर्षीय तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाँउपालिकाका वीरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    पूर्वबाट पश्चिम तर्फ जादै गरेको से ३ प ९४२९ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भे १ ख १४१४ नम्बरको मिनी ट्रक ठोकिँदा दुवै जना गम्भीर घाइते भएका थिए। घाईते दुवै जनाको सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    साझँ ७:३० बजे दुर्घटना भएको थियो। मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]