|

काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चैतमहिनाभित्र आफूविरुद्ध लागेको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन।

सोमबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारलाई चैत महिनाभित्र प्रतिबन्ध हटाउन माग गरेका छन। उनले चैतभित्र प्रतिबन्ध नहटाएमा र शान्तपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारविरुद्ध ‘प्रतिबन्ध लगाउने र आमहडताल’ गर्ने चेतावनी दिएका छन।

विप्लवले हस्ताक्षर रहेको विज्ञप्तिमा सरकारले आफ्नो असफलता, अलोकप्रियता र संकट छोप्न आफ्नो समूहमाथि प्रतिबन्ध लगाएको आरोप लगाइएको छ। सरकाले फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले विप्लवसमूहलाई अपराधिक घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो।

विप्लवको विज्ञप्तिमा नेकपा श्रमिकको प्रतिनिधि भएको दाबी गर्दै आफूलाई अशान्ति मच्चाएको र चन्दा उठाएको आरोप लगाउनु गलत भएको लेखिएको छ। उसले आफूमाथिको प्रतिबन्धलाई ‘फासिवाद लाग्न पुगेको’ भन्दै आलोचना गरेको छ। उसले प्रतिबन्धको राजनीतिक पार्टी, मानवअधिकारवादी संघसंस्था, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, प्रतिष्ठित कलाकारलागयतले विरोध गरिरहेको पनि उल्लेख गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ।’

विप्लवले पक्राउ परेका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलगायतलाई रिहा गर्न पनि माग गरेको छ।

विप्लवले त्यसो नगरेमा आन्दोलन गर्ने घोषणा गरेको छ। सरकारले १५ र १६ गते लगानी सम्मेलन गर्न गइरहेको छ। यो समयमा विप्लवले आन्दोलन गर्ने कार्यतालिका जारी गरेको छ। विप्लवले ‘विदेशी लगानी ल्याउने भन्ने हावादारी गफ भएको’ लेखेका छन। उनले ‘आन्दोलन आन्तरिक विषयमा भएकाले अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरंगित नहुन आग्रह’ गरेका छन।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मुलुकका विभिन्न भागमा बम विस्फोट र टेलिफोन सेवाप्रदायक कम्पनी एनसेलका टावरमा आगजनी गरेपछि सरकारले ऊसविरुद्ध कडा कारबाही बाटो अपनाएको छ। ललितपुरमा भएको बम विस्फोटमा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। विप्लवको समूहले स्थानीय तहका जनप्रतिनिधिबाट ठूलो रकम चन्दा माग्दै पत्र पठाएका समाचार पनि सार्वजनिक भएका थिए। विप्लवका कार्यकर्ताबाट अत्याधुनिक हतियार भेटिन थालेपछि र विदेशबाट पनि हतियार किन्न ठूलो रकम पठाएको तथा सत्ताधारी दल नेकपाका शीर्ष नेता, सरकारका पदाधिकारी तथा सुरक्षा एवं सरकारी अधिकारीको हत्या योजना बनाएको सूचना सरकारकहाँ पुगेपछि सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको बताउँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै विप्लवलाई चैतभित्रै पक्राउ गर्ने घोषणा गरेका छन। ओलीको यस्तो अभिव्यक्ति आएकै दिन विप्लवले विज्ञप्ति निकाल्दै चैतभित्र प्रतिबन्ध हटाउन माग गरेका छन।  

पढ्नुहोस्ः

हेर्नुहोस् विज्ञप्तिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.