|

काठमाडौं : नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसँग पराजित भएको छ। सोमबार अवेरसम्म भएको खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो।

अल शबब स्टेडियममा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे। खेलको २९ औं मिनेटमा नासिरले पेनाल्टीमा गोल गर्दै  कुवेतको जितमा निर्णायक जित दिलाए ।

 पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । तर, नेपालले दोस्रो खेलमा बलियो टोली कुवेतलाई रोक्न सकेन ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा तीन स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.