स्पेनिस ला-लिगा फुटबलमा बार्सिलोना र शीर्ष स्थानको रियल म्याड्रिडले बराबरी खेलेका छन्।
घरेलु मैदान क्याम्प नोउमा लइस सुआरेजले खेलको ५३ औं मिनेटमा बार्साका लागि गोल गरेका थिए। तर खेलको अन्त्यमा सर्जियो रामोसले रियल म्याड्रिडबाट बराबरी गोल फर्काए। यस नतिजापछि रियलले अंकतालिकामा आफ्नो ६ अंकको अग्रता कायमै राख्यो।
बराबरीपछि रियलको १४ खेलबाट ३४ अंक छ। बार्सिलोनाको १४ खेलबाट २८ अंक छ। १४ खेलबाट २७ अंक जोड्दै सेभिया ला-लिगाको तेस्रो स्थानमा छ। चौथो स्थानको एथलेटिको म्याड्रिडले १३ खेलबाट २४ अंक जोडेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।