|

हेटौँडा : हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार थ्रीस्टार क्लब र सरस्वती युवा क्लबबीच खेल हुँदैछ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको थ्रीस्टार सरस्वतीबीचको विजेताले अन्तिम चारमा स्थान बनाउने छ। मंगलबारको खेल प्रतियोगिताको क्वाटरफाइनलको अन्तिम खेल हो। थ्रीस्टार र सरस्वतीबीचको विजेताले क्यामरुनी क्लब दाफिन्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअिघ सेमिफाइनलमा नेपाल पुलिस र आयोजक मकवानपुर–११ ले स्थान सुरक्षित गरिसकेको छ।

थ्रीस्टार प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियन हो। प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले नगद चार लाख रुपैयाँ प्राप्त गर्नेछ। विधागत उत्कृष्ट खेलाडीलाई २०÷२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७५ हजार रुपैयाँ पाउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.