कुन देशका कति सहभागी

|

काठमाडौं : सरकारले चैत १५ र १६ गते हुने दुई दिने लगानी सम्मेलनको क्रममा करिब १८ घण्टा लगानी बहस गर्ने भएको छ। दुई दिन गरी ११ सत्रमा विभाजन गरिएको लगानी सम्मेलनको क्रममा ४० वटा देशबाट ६ सय २० विदेशी लगानीकर्ताले आउने प्रतिवद्धता जनाएका छन्।

सम्मेलनको क्रममा एक दर्जन बढी नेपाली उद्योगी व्यवसायी र दुईदर्जन भन्दा बढी विदेशी पाहुना र व्यवसायी वक्ताको रुपमा रहेका छन्। ११ वटा सत्रमध्ये छ सत्रमा माहातहतका मन्त्रीहरूले अध्यक्षता गर्नेछन्।  सम्मेलनको उद्घाटन सत्रमा सम्मेलन गर्नु परेको कारणसहित विषयबस्तु स्पष्ट पार्ने कामकाे जिम्मा  अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मुख्य वक्ता रहेने दुई दिने सम्मेलनमा वक्ताको रूपमा ७० जनाभन्दा बढी रहने छन्। परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले विभिन्न सत्रमा अध्यक्षता गर्ने जिम्मेवारी पाएका छन्। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले पनि मातहतको विषयमा चलाईने सत्रको अध्यक्षता गर्दै छन्।

नेपाली उद्योगीको सहभागिता

उद्योगी व्यवसायीको तर्फबाट उद्योग, पर्यटन, कृषि, जलिद्युतलगायत निजी क्षेत्रका छातासंगठनमा बसेका प्रतिनिधि वक्ताका रूपमा रहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा वक्ताको रूपमा छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू विनोद चौधरी, प्रदीपकुमार श्रेष्ठ, पद्म ज्योति र सुरज वैद्य वक्ताको रूपमा छन्।

त्यस्तै गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान,  पुर्वाधार विकास बैंक अध्यक्ष अनुज अग्रवाल, द्धारिकाज ग्रुपकी प्रवन्ध निर्देशक संगिता श्रेष्ठ, हाइड्रो सोलुसनका प्रवन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधान पनि प्रमुख बक्ताकाे रूपमा छन्।

गैरआवसीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि बाेल्नेछन्। 

विदेशी धेरै

सम्मेलनमा धेरै वक्ता भने विदेशी रहेका छन्।  विदेशी वक्ताको रुपमा म्यानमारका लगानी तथा वैदेशीक आर्थिक सम्बन्धी मन्त्री यु थङ टन, विश्व बैंकका उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) हार्टविग सेफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजेन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष साजिद नासिम, मटहूट ग्रुपका अध्यक्ष एमजी जर्ज मटहूट रहेका छन्। सुमिटोमो प्रबन्ध निर्देशक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रबन्ध निर्देशक सोनिया बासिर कबिर रहेका छन्।

त्यस्तै स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एड्लर र टर्कीको मोबाइल निर्माता कम्पनी टर्कसेलका प्रमुख कार्यकारी अधिकृत कान टेर्जिग्लु, मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केईको होण्डा विभिन्न सत्रका वक्ताहरूको रुपमा रहेका छन्।

एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकका प्रबन्ध निर्देशक डोङ ली, अल्लिनाज इन्भेस्टमेन्ट मेनेजमेन्टका उपाध्यक्ष एलिक पेफर, एफएमओका एसिया प्रमुख गीर्ट फीजनर, ग्यारेन्टकोका दक्षिण एसिया क्षेत्रिय निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रबन्ध निर्देशक स्यामुअल जोसेफ, सिडिसी इण्डियाका दक्षिण एसिया प्रमुख श्रीनी नागाराजन पनि सम्मेलनका सत्रहरूमा वक्ताको रुपमा भाग लिनेछन्। 

अन्तर्राष्ट्रिय मुद्रा कोषका उपाध्यक्ष हान्स पिटर लाङ्केस, संयुक्त अरब इमिरेट्सको अर्थ मन्त्रालयका उपसचिव अब्लुल्लाह अल सलाह, इन्भेस्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक बाग्ला, दक्षिण अफ्रिकाको उद्योग तथा व्यापार विभागका महानिर्देशक तथा नेपालका लागि राजदूत सादिक जाफेर, मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीका कार्यकारी निर्देशक शिवसूर्यमुर्ती सुन्दरा राजा, र संयुक्त राज्य अमेरिको फिच ग्रुपका एसिया प्यासिफिक प्रमुख स्टेफन सेवार्ज रहेका छन्।  

डाबर इन्डिया ग्रुपका सार्क क्षेत्रीय बिजनेस हेड हर्किरात सिंह बेदी, हेस्टर बायोसाइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्ट्ले इन्डिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष सन्जय खजुरिया, र चीनको ग्वाङडोङ प्रदेश एसोसियसन अफ चाइनिज हर्बल मेडिसिनका महासचिव वान बाइगेङ  वक्ताका रुपमा रहेका छन्।  जर्मन इन्भेस्मेन्ट एन्ड डेभलमेन्ट कम्पनीका डाइरेक्टर एन्द्रेस क्रेमर, विश्व बैंकका लिड ट्रान्सपोर्ड स्पेसलिस्ट आर्नब बान्ड्योपाध्याय, कोडा (सिओडिए)का सेक्रेटरी जनरल हि जेनविई, सर्राफ ग्रुपका प्रबन्ध निर्देशक सलाह सर्राफ, चाइना रेलवे इन्टरनेसनल ग्रुपका डिरेक्टर जेनेरल मेनेजर वाङ लिजी, रहेका छन्।

होङ्सी सिमेन्टका उपाध्यक्ष जु गेङ, सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर र कतार एयरवेजका कन्ट्री मेनेजर मोहम्मल ईल ईमाम  पनि सम्मेलनमा रहेका छन्।

के–के मा हुन्छ बहस?

लगानी सम्मेलनमा उद्‍घाटन र समापन सत्रसहित ११ वटा सत्र संचालन गरिने लगानी बाेर्डले जानएको छ। उद्घाटन सत्रमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्।

नेपालमा लगानीको अवसर, आर्थिक परिवर्तनका लागि ऊर्जा उत्पादन,  सूचना तथा सञ्चार प्रविधिका विषयमा सत्रहरू संचालन गरिने छ। पर्यटनः मनोरञ्जन तथा धार्मिक पर्यटनका लागि गन्तव्य विकास, उद्योगः औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना, यातायात पूर्वाधारः दिगो यातायात पूर्वाधार निर्माण विषयमा बहस चलाइने छ।

कृषि तथा बनजन्य उत्पादनः मुख्य शृंखलामा आधारित अवसरहरुको खोजी, पूर्वाधारका लागि वित्त, नेपालमा लगानीः अनुभव आदान–प्रदान सत्र राखिएको छ।

लगानी सम्मेलनमा विदेशी लगानी कर्ता

लगानी सम्मेलनमा ४० भन्दा बढी देशबाट ६२० लगानीकर्ताले सहभागी हुन नाम टिपाएको लगानी बोर्डले जनाएको छ। बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी देश र चीन र भारतबाट रहेका छन्।

देश

संख्या

चीन

२१०

भारत

११०

म्यानमार

२८

जापन

२०

दक्षिण कोरिया

१५

ओमान

१३

अमेरिका

११

श्रीलङका

१०

अन्य

११०

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.