|

काठमाडौं : नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बंगलादेशको सहभागिता हुने बताएकी हुन्। सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो। भेटमा बंगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारीसमेत दिइन्। राजदूत विन्तेले ऊर्जा क्षेत्रमा लगानीका लागी बंगलादेश सरकार ईच्छुक रहेको बताइन्।

द्विपक्षीय भेटमा नेपाल र बंगलादेशको बीच ऊर्जा व्यापारसम्बन्धी भएका समझदारीको आधारमा तय भएका विभिन्न कार्यक्रमहरूका बारेमा समेत समीक्षा भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनका संचार सल्लाहकार रोशन खड्काले जानकारी दिएर। भेटमा मन्त्री पुनले बंगलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.