|

गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ।

सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको पनि बताएको छ।

सिरियाको प्रभुत्व रहेको गोलान हाइटस् इजरायलको हो भनी गरिएको अमेरिकी प्रशासनको निर्णयको साउदी अरेबियाले निन्दासमेत गरेको साउदी अरेबियाली समाचार समिति एसपिएले जनाएको छ।

सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समेत उपस्थितिमा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले गोलान हाइट्स इजरायलको भएको भन्दै हस्ताक्षर गरेको समाचार आएको थियो।

सन् १९६७ मा छ दिनको संघर्ष गरी सिरियाली सो भूमि इजरायलले आफ्नो कब्जामा लिएको थियो। हाल उक्त भूभाग इजरायलकै कब्जामा रहेको छ।

लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको गोलान हाइट्स अमेरिकाले इजरायली भूमीका रुपमा मान्यता दिएको जनाएको छ। यसले भविष्यमा मध्य पूर्वको शान्ति प्रक्रिया र सुरक्षा स्थायित्वमा नकारात्मक प्रभाव पार्ने साउदी अरेबियाले जनाएको छ।

ह्वाइट हाउसमा भएको यस कार्यक्रमपछि र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको भलो चाहने व्यक्तिहरूमध्ये ट्रम्प पनि एक जना भएको बताए। गोलान हाइट्समा इजरायलको साभौमिकता स्वीकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपति ट्रम्पलाई पछ्याइ रहेका थिए।

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङ्गत छलफल सोमबार हुने र मंगलबार दुई नेताले सँगै खाना खाने कार्यक्रम रहेको भएता पनि इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।

नेतान्याहु केही घण्टा मात्र अमेरिका रहेका थिए। उनले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए। गोलान हाइट्स इजारायलको भएको अमेरिकी राष्ट्रपतिको हस्ताक्षरपछि उनी स्वदेश फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.