समाज

तनहुँबाट विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
SHARES

चैत १२, २०७५

    तनहुँ : नेत्रविक्रम चन्द 'विप्लव' समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका छ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन्।

    पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन्। सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका पाँच याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए।

    पक्राउ परेका हरूलाई  मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ। उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ।

    चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । यसअघि प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]