|

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहमा राखिएका रोजगार संयोजकले किन्नु पर्ने सामानको सूची तोकिको छ। मन्त्राललय एक रोजगार संयोजकले दुई लाख ८६ हजार रुपैयाँभन्दा बढी पर्न नुहने भन्दै नौ किशिमका सामान सूची तय गरेको हो।

सरकारले १० हजारभन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत सरह र त्यो संख्याभन्दा कम भएको स्थानीय तहमा नायब सुब्बा सरहको सेवा सुविधा दिने गरी संयोजक नियुक्ति गरेको छ। रोजगार संयोजकले गर्ने कार्यक्रम पुँजीगत सामान खरिदमा दुई लाख ८६ हजार रुपैयाँ बराबरको सामान तोकिएको छ भने सभा सेमिनारका लागि १६ हजारभन्दा बढी खर्च नगर्न श्रम तथा रोजगार मन्त्रालयले संयोजकहरूलाई आग्रह गरेको छ।

रोजगार संयोजकले कम्प्युटर, लेजर प्रिन्टर, स्क्यानर, क्यामेरा, कमप्युटर टेवल, कार्यालय टेवल र काठको र्‍याक एक/एक वटा किन्न पाउने छ। त्यस्तै, छवटा कुर्ची किन्न पाउने व्यवस्था गरिएको छ। कार्याशाला तथा बैठक गर्नको लागि एक रोजगार संयोजकको नाममा १६ हजार रुपैयाँ छुट्याइएको छ भने आवेदन फारम छपाइको लागि छुट्टै शीर्षकमा रकम उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

कार्यक्रम संचालनको लागि रोजगार सेवा केन्द्रमा इन्टरनेट, टेलिफोन, स्टेशनरी र बैठक खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.