|

  • दाना कुमारी शाही

जुम्ला : गत मंसिर ११ गते शनिबार बिहान चोरिएको दत्तात्रेय भगवान सहित सात वटा मूर्ति मन्दिर भित्रै भेटिएका छन्। 

चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानका दुई वटा र अन्य ब्रम्हा, विष्णु, महेश्वर, सरस्वती, भगवतीका मूर्तिहरु भेटिएको हो। सिआईबी टोली, प्रहरी प्रशासन, नागरिक समाजको उपस्थितिमा मन्दिर भित्रको दराज खोल्दा मूर्ति दराजभित्र नै भेटिएको हो। 

भेटिएका मूर्तिमा ब्रम्हा, विष्ण, महेश्वरको पनि मूर्ति रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। ताजाती (अभिलेख) अनुसार २८ वटा मूर्ति चोरिएको भनिएपनि २१ मूर्ति चोरिएको र अन्य ७ मूर्ति मन्दिरमै रहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए।

सीआईबीको टोलीले अनुसन्धानलाई तीव्र पारेको प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक काफ्लेले सुरुमा स्थापना गरेको १६ ईञ्चको दत्तात्रेय भगवानको मुख्य मूर्ति भेटिएको बताए। 

पूजारी चन्द्रमौलेश्वर गिरीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ भने अन्य आशंका भएकालाई प्रहरीले बयान लिने काम गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिलाई शुक्रबार निलम्बित गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.