|

बाँके : नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका तीनजना कार्यकर्ता बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न मुद्दामा अनुसन्धान गर्न विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई बाँकेको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको हो।

गोप्य सूचनाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। उनले अहिले अनुसन्धानको क्रममा भएकोले नाम गोप्य राखिएको बताए। ‘अहिले अनुसन्धान गरिरहेका छौँ। अनुसन्धानपछि मात्र दोषी वा निर्दोष पत्ता लाग्ने छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.