|

रामेछाप : बर्डफ्लू संक्रमित क्षेत्र चितवनबाट आएको ९० कार्टुन कुखुराको अण्डा रामेछाप प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।

ढुवानीको साधन चेकजाँचको क्रममा अवैध रूपमा ल्याइएको, अहिलेको बजर मूल्यअनुसार २ लाख ४० हजार रुपैयाँ बराबरको अण्डा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो।

रामेछापका स्थानीय पोल्टी व्यवसायीको उजुरीको आधारमा प्रहरीले चितवनबाट अवैध रूपमा आएको अण्डा नियन्त्रण लिएको थियो। प्रभु पोल्टी सप्लायर्स नारायणगढले जितपुरको लागि क्वारेन्टाइन काटेको अण्डा, जितपुरबाट बिना क्वारेन्टाइन रामेछाप ल्याइएको र अण्डा पुग्ने स्थान र मितिसमेत नखुलाइएकाले अण्डा नियन्त्रणमा लिइएको पशु सेवा शाखा मन्थली नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले बताए।

पशुपंक्षी तथा पशुपंक्षीय ओसारपसार अनुमतिको भेटेरिनरी प्रमाणत्रमा क्वारेन्टाइनको छाप नभएको, ढुवानीको साधनको पहिचान नभएको, अण्डा प्याकिङ गरिएको कार्टुन उत्पादक कम्पनी र अण्डा उत्पादक कम्पनी फरक पाइएको  खड्काको भनाई छ।

अण्डा ढुवानी व्यवसायीले भने नष्ट गरिएको अण्डा बर्डफ्लू संक्रमित नभएको दाबी गरेका छन्। रामेछापका व्यवसायीले बाहिर जिल्लाबाट आउने अण्डा रोक्ने नियतले अण्डा नष्ट गराएको अण्डा ढुवानी व्यवसायी होमथा कडेलले  आरोप लगाए।

ढुवानी व्यवसायीले जितपुरबाट बिना क्वारेन्टाइन व्यावसायिक पान बिलमा दोलखा पुग्ने उल्लेख गरि अण्डा लिएर आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.