समाज : सुरक्षा/अपराध

बीउबिजन प्रयोगशालाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
SHARES

चैत १२, २०७५

    जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास टोलीले सेवाग्राहीसँग घुस मागेको आरोपमा धनुषाका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारीअनुसार धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिकामा रहेको राईजोवियम तथा घाँसेबारी बीउबिजन प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई घुम मागेको अभियोगमा पक्राउ गरेको जनाएको छ।

    सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशवापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिगएको टोलीले निज डा. राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई सेवाग्राहीसँग ४० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

    उनीहरूलाई धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विषहराचोकबाट नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]