|

भद्रपुर, (झापा) : हडिया खोलामा डुबेर एक व्यक्तिको मंगलबार मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ निवासी ६१ वर्षीय लालबहादुर लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार लिम्बूलाई हडिया खोलामा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धुलावारीलाई खबर गरेका थिए।

उनको कसरी र के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए। शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी, दमकमा ११ महिनाको नवजात शिशु जलेर घाइते भएको छ। जलेर घाइते हुनेमा दमक नगरपालिका ३ टुकुरे बस्ने मान बहादुर भुजेलको ११ महिनाको छोरा अनमोल भुजेल रहेको प्रहरीले जनाएको छ।

घाइते शिशुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ। मादक पदार्थ सेवन गरी भुजेलले आफ्नै श्रीमती कमलासँग झगडा गरिरहेको अवस्थामा ओछियान नजिकै बलिरहेको टुकी बत्तीबाट सुतिरहेका अनमोललाई आगो लागेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.