|

एकपटक कल्पना गर्नुस् त, तपाईं जुन गन्तव्यका लागि उड्दै हुनुहुन्छ, विमानले त्यहाँ नपुर्‍याइ अन्तै ल्यान्ड गरिदियो! अब के गर्नुहुन्छ?

बेलायतमा कुनै नाटकमा जस्तो लाग्ने यस्तै घटना भएको छ। ब्रिटिस एयरको एउटा विमानले गलत दिशामा उडान भर्दा यात्रुहरू अप्रत्यासित रूपमा निर्धारीत गन्तव्य भन्दा अर्कै देशमा अवतरण हुन पुगेका छन।

लन्डनको सिटी एयरपोर्टबाट जर्मनीका लागि उडान भर्नुपर्ने विमान पाईलटहरूले विमान अर्कै देशको विमानस्थलमा अवतरण गराइदिए।

यात्रुहरू जर्मनी गइरहेकोमा ढुक्क थिए तर विमान स्कटल्यान्डमा अवतरण हुन पुग्यो। गल्ती यहाँ विमान चालकहरूको पनि थिएन, किनकी उनीहरू स्कटल्यान्डकै लागि विमान उडाईरहेका थिए र पुगे पनि।

यो सबै विमान चालकहरूलाई उपलब्ध गराइएको उडान योजनाका कारण भएको थियो।

पाइलटहरूलाई स्कटल्यान्डकै उडान योजना पेश गरिए पछि पाइलटले विश्वस्त भएर स्कटल्यान्ड तर्फ नै विमान उडाए। जब स्कटल्यान्डको राजधानी इडिनबर्ग पुग्नै लागेपछि यात्रुहरूलाई इडनबर्गमा अवतरण गर्दैछौँ भन्ने जानकारी गराइयो यात्रुहरू छक्क परे।

ब्रिटिस एयरवेजले गलत दिशाका कारण यात्रुहरूको निर्धारित गन्तव्यभन्दा ५२५ माईलको दुरीमा अवतरण भएपछि यात्रुहरूसँग माफीसमेत मागेको छ।

डब्लुडिएल एभिएसनको गलत उडान योजनाका कारण यस्तो हुन पुगेको भन्दै ब्रिटिस एयरवेजका प्रवक्ता चिप गार्नरले यात्रुहरूलाई परेको अप्ठेरोका लागि माफी मागेका छन। डब्ल्युडिएल एभियसनले पनि कसरी यस्तो गल्ती हुनपुग्यो भनेर छानबिन गरिरहेको जनाएको छ।

उक्त विमानले नै पछि ईडिनबर्गबाट उडान भरेर यात्रुहरूलाई जर्मनी पुर्‍याएको युएसए टुडेले लेखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.