|

काठमाडौं : २२ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीलाई आइसियूमा राखिएको छ। उनलाई शिक्षण अस्पतालको आइसीयूको १ नम्बर बेडमा राखिएको छ।

डा. केसीले आइतबार साढे २ वर्षकी मार्साङ तामाङको हातबाट जुस पिएर अनशन तोडेका छन्। 

सिन्धुपालचोकको मारसाडे-२ की बालिका तामाङले भूकम्पका क्रममा आफ्नी आमा गुमाएकी थिइन्। उनको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले उनी घरशित मुटु नामक संस्थाको संरक्षणमा रहेकी छन्।

सरकार र डा. केसी पक्षबीच भएको शनिबारको वार्तामा १२ बुँदे सहमति भएपछि आइतबार बिहान सहमतिपत्रमा हस्ताक्षर भएपछि डा. केसीले अनशन तोडेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.