|

काठमाडौं : सरकारले मंसिर १४ गते संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई भारतीय राजदूतावासले स्वागत गरेको छ। आइतबार काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी प्रस्तावलाई महत्वपूर्ण कदम भन्दै त्लायसलाई सफल बनाउन सबै दल र सम्वद्ध पक्ष एक भएर लाग्ने विश्वास व्यक्त गरेका छन्। 

विज्ञप्तिमा भारत नेपालको नजिकको छिमेकी राष्ट्र भएको र नेपालको शान्ति, स्थायित्व र नेपालको आर्थिक विकासका लागि सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले संवाद र संवैधानिक प्रक्रियाबाट सबैको आकंक्षा पूरा गर्न लिएको कदमप्रति हामी सधैं सहयोगी रहनेछौँ।'

यस्तो छ दूतावासले जारी गरेको विज्ञप्ति :

नेपालको शान्ति, स्थायित्व र नेपालको विकास नेपाल र भारत दुवै देशको प्रमुख उद्देश्य हो। नेपाल सरकारले सम्वाद र संवैधानिक प्रक्रियाबाट सबैको आकाक्षा पूरा गर्न लिएको कदमप्रति हामी सधै सहयोगी बन्नेछौं। गत मंसिर १४ गते संसदमा दर्ता भएको संविधान संशोधन विधेयक एक महत्वपूर्ण कदम हो। हामीलाई विश्वास छ सबै पक्ष सहभागी भएर यसलाई सफल पार्न लाग्नेछन्।

नजिकको छिमेकी राष्ट्रको रुपमा भारतले नेपालको शान्ति, स्थायित्व र नेपालको आर्थिक विकासका लागि गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको छ। नेपाल र नेपालीको प्राथमिकताको आधारमा भारतले सहयोग गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.