|

धरान : मंसिर २५ गतेदेखि २८ गतेसम्म हुने नेपाल जेसिजको ४३औं अधिवेशनमा धरानका विष्णु बरालले राष्ट्रिय अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। यसअघि कार्यकारी राष्ट्रिय उपाध्यक्ष र महासचिवको कार्यभार सम्हालीसकेका बरालले जेसिजको नेतृत्व सिण्डीकेट प्रणाली हुनु नहुने विचारको नेतृत्व गर्ने बताउँदै आएका छन्।

नेपाल जेसिज २०१७ को उनको चुनावी घोषणामा युवाको सवलीकरण र सशक्तीकरण गर्नु रहेको उल्लेख छ। १८ वर्षे जेसिज यात्रामा उनले धरानबाट सुरु गरेका हुन्।

पत्रकारिताको पनि अनुभव संगालेका उनले विजयपुर साप्ताहिकलाई उच्च प्रविधिमा लैजान योगदान पुर्‍याएका थिए। चुनावी अभियानमा देश दौडाहामा लागेका बराल धरानका स्थायी बासिन्दा हुन्। निश्चित समय, एक व्यक्ति र एक पद तथा विधिको शासनलाई आदर्श ठान्ने जेसिजको अभियानलाइ प्रदूषित हुन नदिन आफ्नो उम्मेदवारी भएको घोषणा गरेका छन्। जेसिजका कार्यक्रमहरु केन्द्रीकृत भैरहेको वर्तमानमा यस्ता कार्यक्रमलाई नेतृत्वमा पुगे विकेन्द्रित गर्ने र नेपाल जेसिजको छबीलाई नाम अनुसारकै बनाउने दाबी पनि उनले गरेका छन्। जेसिजलाई संघीय संरचना अनुसार सांगठानिक संरचनामा लैजाने कार्यसूचि पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.