|

काठमाडौं : संरक्षित वन्यजन्तु सालकको खपटा बेच्न हिँडेका दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बाँकेको विशालनगरबाट कोहलपुर बस्ने ३३ वर्षिय गणेशबहादुर बुढा र दार्चुला गोकुलेश्वरका १९ वर्षीय धनी नाथलाई सालकको खपटासहित पक्राउ गरेको हो।

उनीहरुले २० किलो चार सय ग्राम तौलको सालकको खपटा बोकी हिँडेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत कारवाही हुनेछ।

संरक्षित वन्यजन्तु सालक मार्ने तथा गैरकानुनी रुपमा यसका अंगहरु खरिद बिक्री, ओसारपसार एवम् तस्करी गर्नेलाई ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना र एक देखि १० वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने ब्युरोकी प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.