|

काठमाडौं : संविधान संशोधन प्रस्ताव दर्ता पछिको राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपति निवासमा सर्वदलीय छलफल सुरु भएको छ। पौने ५ बजेबाट सुरु भएको छलफलमा बिभिन्न दलका शीर्ष नेता तथा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता समेत उपस्थित छन्। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्ण सिटौला उपस्थित छन्।

एमालेबाट अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल उपस्थित छन्। माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन्। मधेश केन्द्रित दलबाट उपेन्द्र यादव, महन्थ ठाकुर विजय गच्छदार लगायत उपस्थित छन्। अपरान्ह ४ बजेबाट बैठक सुरु हुने भनिएपनि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा आधा घन्टा ढिला पुगेपछि बैठक ४ बजेर ४५ बाट सुरु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.