|

  • अनिल खत्री-

गुल्मी : सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशका पहाडी र मधेसका जिल्ला छुट्याएको विरोधमा आइतबार गुल्मीमा मशाल जुलुस गरिएको छ। संयुक्त आन्दोलन समितिको आयोजनामा गरिएको विरोध प्रदर्शनमा सहभागीले बिभिन्न नाराबाजी सहित सरकारले तुरुन्त संशोधन फिर्ता आग्रह गरेका छन्।

सरकारले जनभावना विपरीत ल्याएको संशोधन प्रस्ताव तुरुन्त फिर्ता नल्याए आन्दोलन झन् चर्काएर लैजाने समेत बताएका छन्। अन्दोलनरत पक्षको अवरोधका कारण गुल्मीमा आइतवार पनि सरकारी कार्यालयमा कामकाज ठप्प छ।

अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दल, बिभिन्न विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा १ घण्टा धर्ना दिने गरेका छन्। सरकारी कार्यालयमा धर्नापछि बजारमा प्रर्दशन समेत गरेका छन्।

बन्दकर्ताले बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन्। बन्दको अवज्ञा भनेको भन्दै तम्घास बजारमा चलेका मोटरसाइकल नियन्त्रण लिइएको अनेरास्ववियुका सह संयोजक शोभाखर गिरीले बताए।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशका पहाडी र मधेसी जिल्ला टुक्र्याएको विरोधमा गुल्मी जिल्ला ५ दिनदेखि बन्द छ। बन्दकर्ताले बिहानैदेखि बन्द गराउदै हिँड्नाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन्। लगातारको बन्दबाट गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ। बन्दकर्ताले जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न ठाउँमा टायर बालेर नाराबाजी गर्दै प्रर्दशन गर्ने गरेका छन्।

गुल्मीमा रहेका बिद्यालयहरुमा परिक्षा सञ्चालन भइरहेकाले शैक्षिक संस्थाहरु भने सञ्चालन भएका छन्। उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा जिल्लास्थित कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दल, बिभिन्न बिद्यार्थी संगठन, नागरिक समाजको समर्थनमा गुल्मीमा प्रर्दशन हुदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.