|

बलिउड सुपरस्टार आमिर खानले भारतमा हुन लागेको लोकसभा निर्वाचनमा कुनै पनि पार्टीको पक्षमा चुनावी प्रचार नगर्ने बताएका छन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल ट्विटरमार्फत बलिउडमा काम गर्ने फिल्मी कलाकारहरूलाई आम जनतालाई मतदानका लागि प्रेरित गर्न आग्रह गरेका थिए। त्यसको लगत्तै आमिरको यस्तो अभिव्यक्ति आएको हो।

जन्मदिनको अवसरमा पत्रकारहरूलाई दिएको भेटमा आमिरले प्रचारमा उनको नाम पनि रहेको छ भन्ने के प्रचार गर्नुहुन्छ भन्ने जिज्ञासामा उक्त जवाफ दिएका हुन।

मोदीको प्रचार सूचीमा आमिर खानको पनि नाम रहेको बताइएको छ।

आमिर खानले कुटनीतिक जवाफ दिँदै भनेका छन, 'यो राम्रो काम हो कि धेरै भन्दा धेरै जनताले मतदान गर्नुपर्छ। मोदी यो देशका प्रधानमन्त्री हुन र उनले केही व्यक्तिलाई आग्रह गरेका छन। र मतदातालाई मतदानका लागि अपील गर्न आग्रह गरेका छन। हामीले अपील गर्दा धेरै जनताले मान्नुहुन्छ पनि।'

मोदीले यसपहिले पनि आफूलाई आग्रह गरेको बताउँदै आमिरले त्यस्तो आग्रह निर्वाचन आयोगको पनि आएको बताए। उनले निर्वाचन आयोगले भनेर आफूले काम गरेको स्मरण गर्दै विगतमा पनि यस्तो काम गर्दै आएको जानकारी दिए। हामीलाई आग्रह गरिँदै आएको छ कि मतदातालाई प्रेरित गर्न। उनले भने, 'म भन्दिनँ कि यो पार्टीलाई भोट दिनुस् र त्यो पार्टीलाई नदिनुस्।'

भारतमा लोकसभा निर्वाचन नजिकिँदै छ। लोकसभा निर्वाचनमा दर्जनौँ बलिउड कलाकार उम्मेदवार बनेका छन भने ठूलो संख्यामा कलाकारहरू पार्टीको पक्षमा भोट माग्दै हिँडेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.