|

काठमाडौं : रौतहट सन्तपुर मटिऔनको सुबलाल भागवत बहमुखी क्याम्पसमा स्नातकोतर तह सञ्चालनका लागि गरिएको धार्मिक महोत्सवमा चार दिनमा डेढ करोड रुपैयाँ संकलन भएको छ।

मंसिर १५ देखि आइतबारसम्म भक्तजनबाट डेड करोड रुपैयाँ संकलन भएको शैक्षिक तथा धार्मिक महोत्सव मूल आयोजक समितिका सदस्य अखिलेश्वर चौधरीले जानकारी दिए।

महोत्सवबाट संकलित रकम सुवलाल भागवत बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पढाइ सुरु गर्न र सुबलाल उच्च माविमा प्राविधिक शिक्षा सञ्चालनका लागि प्रयोग गरिने उनले बताए। संकलित रकम क्याम्पसको गुरुयोजना अनुसार भौतिक पूर्वाधार निर्माणमा लगाइने चौधरीको भनाइ छ।

यस शैक्षिक तथा धार्मिक महोत्सवमा गोविन्दशरण माहाराजजीले कथावाचन गरेका छन्। शैक्षिक महोत्सवमा संस्कृतिक झाँकी तथा संस्कृतिक भजन कृतन समेत रहेको चौधरीले जानकारी दिए।

यस शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को उद्घाटन सहकारी तथा गरीबी निवारण मन्त्री हृदयराम थानीले गरेका थिए। महोत्सव मंसिर २२ गतेसम्म चल्ने मूल आयोजक समिति सदस्य अखिलेश्वर चौधरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.