|

काठमाडौं :  पुसमा घोषणा गरिएको फिल्म 'हृदय भरी' को छायांकन शुक्रबारबाट प्रारम्भ भएको छ।

राजधानीबाट सुरु भएको फिल्मको छायांकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन्। राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटी प्याजेन्टको सिनको छायांकन भइरहेको निर्देशक सुब्बाले जानकारी दिए। ’फिल्मको महत्वपूर्ण सिन हो। यो जसले फिल्ममा मोड ल्याउँछ’ उनले सिनलाई बुझाउँदै भने, ’ब्युटी प्याजेन्टको फिनालेको दृश्यको सजावट हो. त्यसैले निकै मेहनतका साथ खिचिरहेका छौं।’ 

झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलसँगै डेब्यु गर्ल श्रद्धा र रेखालाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन्। फिल्मको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरिरहेका थिए। उनले फिल्मको विषय काठमाडाैंकै रहेकोले यसको गीत धरान र विदेशमा खिचिने बताए। ’सोसल ड्रामा हो। तर फिल्म भरपुर मनोरंजनले भरिपूर्ण हुनेछ’ निर्देशक नाल्बो विश्वस्त छन्। उनकै लेखनमा तयार हुने फिल्ममा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बू, मनोज केसी, कविता रेग्मी, अभिदित खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहने छ। यसैफिल्ममार्फत श्रद्धा छत्री नेपाली फिल्ममा डेब्यु गर्दैछिन्। उनी भारतको कोलकत्तामा बसोबास गर्दै आएकी छन्।

फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रालि र दिपेन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बू, चन्दन शाह तथा दिपेन्द्र राईले निर्माण गर्दैछन्। त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ विश्वास र रुचि विश्वास सह निर्माताका रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन्। फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दीपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको लेखन,बिपिन मल्लको सम्पादन रहेको छ।

फिल्ममा प्रोडक्सन डिजाइनर अरुण रेग्मी र प्रोडक्सन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन्। फिल्म भाद्र २७ मा रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.