नयाँ शक्तिमा प्रवेश गर्ने तयारी

|

बुटवल : मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। 

आइतबार गृह जिल्ला कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गरी उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरे।

पत्रकार सम्मेलनमा उनले अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउदै स्वेच्छाचारी ढंगले पार्टी चलाएको आरोप लगाए।

उनले पार्टी अध्यक्ष गच्छदारले पार्टी एकलौटी रुपमा हाँकेको, इमान्दार तथा निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको, मधेश र मधेशी जनतासँग पटक पटक घात गरेको आरोप लगाए।

उनीसँगै पूर्व सभासद सलाउद्धिन मुसलमान, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोहम्मद तौफिक खाँ, पूर्व केन्द्रीय सदस्य जैसराम यादव, उपाध्यक्ष गौरीशंकर थारु, सचिव काशीराम यादव, स्थानीय नेता कुञ्जविहारी चौधरी लगायत ३ सय भन्दा बढी नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएको बताएका छन्।

श्रोतका अनुसार उनीहरु नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गर्ने तयारी गरिरहेका छन्। जसका लागि नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई सोमबार कपिलवस्तु आउदैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.