समाज

ग्रामीण क्षेत्रमा आर्थिक हैसियत मापन गर्ने विधि फेरियो
SHARES

चैत १६, २०७५

    उदयपुर : ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै परालको कुन्युँ र मकैको थाङ्ग्राेको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो।

    मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत परालको कुन्युँ र मकैको थाङ्ग्रोबाट मापन गरिन्थ्यो। तर अहिले त्यसको ठिक उल्टो भएको छ। परालको कुन्यु र मकैको थाङग्राे राख्ने चलन कायमै भए पनि आर्थिक हैसियत मापन गर्ने विधि नयाँ आएको छ। जसको ठूलो मकैको थाङ्ग्राे र परालको कुन्युँले हुन्थ्यो उही धनी मानिन्थ्यो। अनि विवाहको तयारी सुरु हुन्थ्यो। अहिले विवाहको लागि केटी माग्न जाँदा केटाको पढाई र पेशाको बारेमा सोधिन्छ र अनि मात्र विवाहको फैसाल गर्न थालिएको त्रियुगा नगरपालिका ११ का ८३ वर्षीय गंगाबहादुर बुढाथोकीले बताए।

    ‘हामीले छोराछोरीको विवाह गर्दा पनि मकैको थाङ्ग्रो र परालकै कुन्युँ हेरेर विवाह गरेका हौं’ उनले अनुभव सुनाउँदै भने, ‘अहिले नाती नातिनाको विहे गर्दा पेशा, पठाई सोध्न थालिएको छ। जसले पढेको छैन। विदेश गएको छैन। उसको विहे नै नहुने जस्तो भएको छ।’ उनै बुढाथोकीले भने, ‘उ वेलाको परालको कुन्युँ र मकैको थाङ्ग्रो भनेको जो कुनै घर परिवारको आर्थिक हैसियत पत्ता लगाउने माध्यम हो। जसको ठूलो परालको कुन्युँ र थाङ्ग्रो छ। उसको धेरै जग्गा जमिन भएको धनी व्यक्ति मानिथ्यो।’

    अहिले समय परिवर्तन भएको छ। तर त्यही पूर्वी नेपालको पहाडी भेगमा अझै पनि मकै भण्डारण गर्न आगनमा थाङ्गा राख्ने र परालको कुन्यु बनाउने चलन हटेको छैन। जुन अझै पनि बैज्ञानिक कारण भएकाले यथावत भएको बताइन्छ। प्रमुख खाद्यन्न बाली मानिने मकै उदयपुरका पहाडी क्षेत्रमा सिंचाइ सुविधा नभएको धेरै जसो ठाउँमा खेती गरिन्छ। पहाडी क्षेत्रका किसानका घर आगनमा अग्लो थाङ्ग्रा छन्।

    बारीको डिलमा सानो ठूलो भए पनि परालको कुन्युँ भेटिन्छ। ‘मकैलाई थाङ्ग्रो बनाएर राख्दा मकै घामले सुक्ने र घुन पुतलीले समेत नखाने भएकाले थाङ्ग्रो बनाएर राख्ने गरिएको हो’ ताप्ली गाउँपालिका पोखरीका रामबहादु मगरले भने, ‘आँगनमा बाँस अथवा काठको माच बनाएर खोसेला सहितको मकैका घोगालाई मिलाएर राखेको थाङ्ग्रा बनाइन्छ।’

    यसैगरी अर्का स्थानीय उत्तरबहादुर मागरले भने, ‘पहिला पहिला बावु बाजेले मकैकै थाङ्ग्रा देखाएर विवाह गरेरे। अहिले मकैको थाङ्ग्राे देखाएर छोरा नातिको विहे हुँदैन। तर मकैको थाङ्ग्राे राख्दा घामले सुक्ने र थोरै थोरै झिकेर खान मिल्छ।’ खासमा मकैलाई थाङ्ग्राे बनाएर राख्दा घामले चाँडै सुक्ने, धुनपुतली, मुसा नलाग्ने बैज्ञानिक कारण भएका थाङ्ग्राे लगाउने चलन नहटेको ताप्ली पोखरीकै पूर्णसिंह तामाङको भनाइ छ।

    भदौ असोजको वेला घरका आगनमा मकैका थाङ्ग्रा भेटिन्छन्। गाउँभरि देखिने मकैको थाङ्ग्राले सुन्दरता दिएको हुन्छ। वर्षभरिका लागि अन्नको जोहो गरेको संकेत पनि प्रष्ट पाइन्छ। कसैका थाङ्ग्रा ठूला छन् त कसैका साना। कुनै समय थाङ्ग्राको आकारले समाजमा आर्थिक हैसियत निर्धारण गर्दथ्यो। विहावारीको फैसाला गर्ने एउटा माध्यम थाङ्ग्रो पनि थियो। 

    थाङ्ग्रा बनाएर मकै भण्डारण गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकीन जानकारी नभए पनि पूर्वी पहाडी जिल्लाहरूमा करिव ६०० वर्ष अघिबाट मकै खेती सुरु भएको इतिहासविद् बताउँछन्। थाङ्ग्रा बनाएर राखेको मकै सुकेपछि जातोमा पिसेर च्याख्ला बनाई खाने र भुटेर खाजा खाने चलन छ। त्यही भएकाले सुरक्षित राख्न र बीउको संरक्षण गर्न थाङ्ग्रो बनाउने प्रचलन कायम छ। तर त्यही थाङ्ग्रो आर्थिक हैसियत मापन गर्ने माध्ये अहिले पाइँदैन।

विदुर कटुवाल

कटुवाल थाहा खबरका उदयपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]