|
Photo : 90min.in

इङग्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा लिभरपुलले पराजय बेहोरेको छ। एएफसी बोर्नमाउथको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ४-३ गोलअन्तरले पराजित भएको हो। पराजयपछि लिभरपुलले लिग लिडर चेल्सीसँगको दूरी ४ अंकले बढाएको छ र तेस्रो स्थानमा रहेको छ। 

खेलको २० औँ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो। लिभरपुलका साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएको २ मिनेटपछि नै डिभोक ओरिजीले गोल गर्दै अग्रतालाई दोब्बर पारे । पहिलो हाफमा २-० गोलअन्तरको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सकेन। खेलको ५६ औँ मिनेटमा कालुम विल्सनले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रतालाई कम गरे।

यसपछि खेलको ६४ औँ मिनेटमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई थप बलियो स्थितिमा पुर्‍याएका थिए तर, खेलको ७६ औँ मिनेटमा र्‍यान फ्रेसरले गोल गर्दै बोर्नमाउथलाई पुन अगाडि बढाए। यसपछि खेलको ७९ औँ मिनेटमा स्टिभ कुकले गोल गर्दै बोर्नमाउथलाई बराबरीको स्थितिमा पुर्‍याएका थिए। 

यसपछि खेलको अतिरिक्त समयमा नाथन आकेले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए र सोही गोल नै निर्णायक बन्न पुग्यो र खेलमा लिभरपुलले पराजय बेहोर्न पुग्यो। 
यस्तै, आइतबार राति नै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ। खेलको ४२ औँ मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, ८९ औँ एभर्टनले पेनाल्टी पायो र लेइग्टन बाइनेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए र खेल १-१ गोलको बराबरीमा टुंगियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.