|

झापा (भद्रपुर) : खुल्ला सीमावर्ती नाकाबाट तस्करीको माध्यमबाट भारतीय ब्राण्डका औषधि नेपाली बजारमा भित्रिने गरेको घटना सार्वजनिक भएको छ। नेपाल सरकार र औषधि व्यवस्था विभागको आदेश र अनुमति बिना भारतीय ब्राण्डका औषधि नेपाल भित्राउन प्रतिबन्ध लगाएको छ। तर, औषधि पसल र अस्पातलले त्यस्ता औषधिहरु तस्करीको माध्यमबाट भित्राउन थालेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएका प्रहरी टोलीले शनिबार दिउँसो ठूलो परिणामको यौनवर्द्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधि बरामद गरेपछि यस्तो घटना सार्वजनिक भएको छ।

प्रहरीले औषधि तस्करीमा संलग्न एक भारतीय नागरिकसहित दुई वटा मोटरसाइकल र एउटा मारुती भ्यान नियन्त्रणमा लिएको छ। भारतको किशनगञ्ज जिल्लास्थित डिगलबैंक र धनतोला हुँदै झापाको कचनकवल र बाह्रदशी नाकाबाट नेपाल भित्राइएको १४ कार्टुन अर्थात नेपाली बजार मूल्य करिब २२ लाख बढीको औषधि बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।

औषधिसहित पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका ४ बस्ने २४ बर्षीय सम्दान हुसेन, सोही ठाउँका २२ वर्षीय इतियाज आलम,  २८ बर्षीय ताहिर आलम र भारत जंगपुरी दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा रहेको एसपी मैनालीले बताए। उनका अनुसार औषधि लोड गरिएको मे १ च ४०६३ नम्बरको मारुती भ्यान, मे. ६ प १०१६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट भएको वीआर ३७ जी १४४० मोटरसाइकल नियन्त्रणमा लिएको छ।

बरामद गरिएको औषिधमा बरामद गरिएको औषिधमा ब्रेष्ट्रिम आयल ७९९ पिस, ओर्लिमेक्स ३३५ स्टीप ,फलोमिस्ट नसल स्प्रे ९६० पिस, केयरप्रोस्ट १००० पिस, जुरिज (८०) ४०५ बट्टा, फोरड्रम १२०० पिस, पि फोरस ९९० स्ट्रीप, अमाग्रा १००० स्ट्रीप छ। यी औषधिमध्ये अधिकांश औषधि व्यवस्था विभागमा दर्ता नभएको र नेपालमा प्रतिबन्धित भएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख आशा थापाले जानकारी दिए। झापामा बरामद गरिएको औषधि लामाले काठमाडौं लैजान आएको  अनुसंन्धानको क्रममा खुलेको एसपी मैनालीले बताए।

पक्राउ परेका चारै जनालाई बरामद गरिएको औषधिसहित आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाउने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्ष (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

पिकअप भ्यानसहित लाखौंको सामान बरामद

प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मेचीनगरबाट करिब साढे सातको लाख मुल्य बराबरको सामानसहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ।

काकँडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको उक्त मूल्य बराबरको सामान को १ ज २४४० नम्बरको महेन्द्र कम्पनीको पिकअप भ्यानमा लोड गरी बिर्तामोडतर्फ लगिरहेको अवस्थामा प्रहरीले मेचीनगर ६ बाट बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले खाद्यन्न सामग्री, लत्ताकपडा, भाडाकुडा, चुत्ताचप्पल लगायतका सामान बरामद गरेको छ। बरामद गरिएको सामानसहित पिकअप भ्यानलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.