|

काठमाडौं :  गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत 'किन किन' सार्वजिक भएको छ। शनिबार युट्युबमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा पुरूषोत्तम न्यौपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दीपक आचार्य, सुनीता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेलको अभिनय रहेको छ। भिडियोमा बाल कलाकारको रूपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन्।

राजीव समर सहायक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बाबुलाई वृद्धाआश्रमसम्म पुर्‍याएको देखाइएको छ।

निर्देशक थापाले अहिले नेपालमा भइरहेको वास्तविक कथालाई भिडियोमा उतारिएको बताए। उनले भने, 'यस्तो कथा अहिले नेपालमा प्रसस्तै पाइन्छ। हामीले त्यसैलाई भिडियोमा उतारेका छौँ।'

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दिप्सन लुइटेलले आफू रंग दुनियाँसँगै भए पनि अभिनयको अनुभव पहिलो रहेको बताए। उनले आफूले गीतको मर्मलाई अभिनयको माध्यमबाट प्रस्तुत गर्ने कोशिष गरेको प्रतिक्रिया दिए।  

त्यस्तै, गायक सोनाहाङ राई आफू गीतबाट निकै आशावादी भएको बताए। उनले भने, 'गीतले अहिलेको समसामयिक कुराहरूलाई उठाएको छ। गीत अनुसारको भिडियो पनि राम्रो बनेको छ। गीतबाट धेरै आशावादी छु।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.