|

बारा : हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावा हुरीले  बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) होमबहादुर शाहीले बताए।  शाहीका अनुसार मृत्यु हुनेमा १५ महिला र ११ पुरुष रहेका छन्। मृतकको सनाखत हुन भने बाँकी रहेको छ।

रातिदेखि नै घाइतेको उद्दार जारी भए पनि अस्पतालमा प्राप्त बेडहरू नहुँदा समस्या भएको छ।   ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए। बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको। उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ।  पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.