|

काठमाडौं : आख्यानकार मीनराज वसन्तको दोस्रो उपन्यास 'पिपिरी'माथि चितवनमा परिचर्चा गरिएको छ। फिनिक्स बुक्स र सम्पूर्ण किताबको संयुक्त आयोजनामा चितवन साहित्य परिषद्को सभाहलमा कार्यक्रम गरिएको हो।

कार्यक्रमको सहजीकरण गर्दै विजय विश्वकर्माले लेखक वसन्तसहित समालोचक उदय अधिकारी, डा. केशवराज चालिसे र लक्ष्मी बरालसँग पिपिरीका सन्दर्भमा रहेर संवाद गरेका थिए। संवादका क्रममा विजय विश्वकर्माले लक्ष्मी बराललाई पहिलो प्रश्न राख्दै, दोस्रो कृतिमा लेखकहरू विचलन हुने रोग पिपिरीमा आएको छ कि छैन भनेर सोधेका थिए। जसको जवाफमा बरालले, पिपिरीमा वसन्त कमजोर नभएको दाबी गरिन्। 'लेखकको लेखनमा थप सुधार देखिएको पाएँ', उनले भनिन्, 'पिपिरीमा संवेदनाको तह अझै गहिरिएको छ। मुदिरको तुलनामा पिपिरीबाट पाठकले आख्यानको अर्ग्यानिक स्वाद पाउनेमा म ढुक्क छु।'

संवादकै क्रममा उदय अधिकारीले मुदीरमार्फत गम्भीर लेखकको रूपमा उदाएका वसन्त पिपिरीमा पनि लेखकीय उत्तरदायित्वबाट वञ्चित नभएको दाबी गरे। तर, मुदिरजत्तिकै गम्भीर मुद्दामा भने कलम नचलाएकोमा केही दुखेसो व्यक्त गरे। बाग्लुङको भूगोल, भाषा, भेषभुषा, संस्कृतिलाई लेखकले जीवन्तरूपमा उतारेको समालोचक डाक्टर केशवराज चालिसेले बताए। उपन्यास आफ्ना बाल्यकालीन दिनहरूमा फर्काउन उपन्यास सफल रहेको उनको तर्क थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.