|

जाजरकोट : जाजरकोटमा अवैध रुपमा चरेसक किनबेच गर्न लाग्दा दुई जना पक्राउ परेका छन्। ७ किलो चरेस र ७९ हजार नगद सहित वौवस्ता ८ बाँकेकी तुलसा शाही र हरिबहादुर वमलाई छेडाबाट प्रहरीले आइतबार पक्राउ गरेको हो।

चरेश किनबेचका लागि मोलमोलाई गरिरहेको अवस्थामा गस्तीमा खटिएको प्रहरीले उक्त लागू औषध चरेस बरामद गरेको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए।

जाजरकोटबाट सुर्खेततर्फ जाँदै गरेको बस रोकिएका बेला एकान्तमा गएर कुरा गरिरहेका शाही र वमलाई शंका लागि शरीर र झोला खानतलासी गर्दा  शाहीको जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारेर राखेको ७ किलो चरेस तथा वमको झोलाबाट ७९ हजार नगद बरामद भएको प्रहरी निरीक्षक भट्टले बताए।

उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। जिल्लाका बिभिन्न ठाउँबाट एक हप्ताभित्र ५ जना लाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धेरैजसो महिला रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.