योजना आयोगका सपना किताबको घोडा

|

काठमाडौं : नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० डलर अर्थात् १२ लाख ५० हजार रुपैयाँ। गरिब नेपाली हुने छैनन्, अर्थात् शून्यमा झर्ने छ। जडित विद्युत क्षमता ४० हजार मघावाट पुग्ने छ। यो राष्ट्रिय योजना आयोगले तय गरेको २५ वर्षपछिको नेपालको आर्थिक तथ्यांक हो। 

आर्थिक वर्ष २०७४/७५ को तथ्यांक केलाउने हो भने प्रतिव्यक्ति आय एक हजार १२ डलर रहेको छ अर्थात् एक लाख १२ हजार। गरिब नेपालीको संख्या १८ प्रतिशत रहेको छ। जडित विद्युतको क्षमता एक हजार ७४ मेगावट। 

राष्ट्रिय योजना आयोगले २० वर्षअघि आर्थिक वर्ष २०७४/७५ लाई देखेको लक्ष्य भने जडित विद्युतको क्षमता २२ हजार मेगाट थियो। यो लक्ष्यको तुलनामा साढे चार प्रतिशतको मात्रै प्रगति हो।

त्यस्तै, गरिबीको रेखामूनि रहेका नेपालीको दर १० प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको थियो। यो लक्ष्यमा पनि पूरा हुन सकेको छैन। २० वर्ष पहिले औषत आर्थिक वर्षिदर ८.४ प्रतिशत राखिएकोमा ४.१ प्रतिशत छ। जबकि लक्ष्य निर्धारण गर्ने आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहेको छ। 

अहिलेको लागि २० वर्ष पहिले राखिएका लक्ष्यले अहिले २५ वर्ष पछिका लागि राखिएको लक्ष्यलाई गिज्याएको विज्ञहरू बताउँछन्। योजना आयोगका सपना किताबको घोडा भन्ने टिप्पणीलाई पनि चरितार्थ गरेको छ। 

राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोच सहितको १५ पञ्चवर्षीय योजनाको अन्तिम तयारी गर्दैछ। अन्तिम छलफलको लागि मस्यौदा विकास परिषद्को बैठकमा राखेको छ। योजना आयोगको यो मस्यौदा मात्रै ४०४ पेजको रहेको छ।

योजना आयोगले बनाएको पञ्चवर्षीय योजनासमेत महत्वकांक्षी हुने बताइएको छ। योजना आयोगका लक्ष्यअनुसार आगामी पाँच वर्षमा औषत आर्थिक वृद्धिदर १०.३ रहने छ। प्रतिव्यक्ति आय एक हजार ६०० डलर रहने छ भने गरिबीको रेखामूनिको संख्या १३ प्रतिशत। बहुआयमिक गरिबीको रेखामूनिको संख्या २८ प्रतिशतबाट घटेर १४ प्रतिशत रहने अनुमान गरिएको छ। 

राष्ट्रिय योजना आयोगको तथ्यांकलाई केन्द्रित गरेर बोल्नु पर्ने अर्थमन्त्री डा. युवराज खतिवडा आधारलाई स्पष्ट गर्नु पर्ने बताउँछन्। 'औषत दोहोरो अंकको आर्थिक वर्द्धि गर्ने ड्राइभर के हो यस विषयलाई खुलाउनु पर्छ,' अर्थमन्त्री खतिवडाले विकास परिषद्को बैठकमा बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार वा योजना आयोगका सबै योजना शतप्रतिशत कार्यान्वयन हुने जिकिर गरे। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले बनाएका योजना कार्यान्वयन गर्न विगतमा ठूलो चूनौति दिखएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे। 'विगतमा योजना बनाउने र पुरानै ढर्रामा फर्कने गरेको इतिहास हामीसँग छ। अब यो विषयमा ख्याल गर्नु पर्छ', सत्तारूढ नेकपाका अध्यक्षसमेत रहका प्रचण्डले भने।

कांग्रेस संसदीय दलका उपनेता गच्छदारले विगतमा विदेशिन जनशक्तिको कारण योजना कार्यान्वयन हुन नसकेको अवस्था यी विषयलाई ख्याल गर्न आग्रह गरे। 

विकास परिषद्का धेरै सदस्यहरूले समेत महत्वकांक्षी योजना भने पनि योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कडेल भने न्यूतम आधार रहेको बताउँछन्। 'योजना महत्कांक्षी त भनियो यतिको योजना बनाएर कार्यान्वयन गरिएन भने नेपालको अवस्था अहिलेको गतिमा पनि हुँदैन' कडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.