पाँच वर्षमा औसत १४ र २० वर्षमा १०८ किलोमिटर रेलमार्ग निर्माणको लक्ष्य

|

काठमाडौं : नेपालको भूमिमा अहिले ४२ किलोमिटर मात्रै रेलमार्ग रहेको छ। वर्तमान सरकार गठन भएसँगै चीन भारत दुवै देशबाट रेलामार्ग विस्तार गर्ने र संचालन गर्ने नीतिलाई प्राथमकिता दिएको छ। सरकारको प्राथमकिताअनुसार राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षमा २२ सय किलोमिटर रेलमार्ग बनाउने लक्ष्य निर्धारण गरिएको छ।

राष्ट्रिय योजना आयोगले दिगो विकासको लक्षसहित तयार पारिएको १५ औँ पञ्‍चवर्षीय योजनामा २५ वर्षमा यो लक्ष्य निर्धारण गरिएको छ। यस हिसाबले वार्षिक औसत ८५ किलोमिट रेलमार्ग थप्नुपर्नेछ। तर, आगामी पाँच वर्षभित्र भने जम्मा ७० किलोमिटर रेलमार्ग बनाउने लक्ष्य निर्धारण गरिएको छ। यो हिसाबले वार्षिक १४ किलोमिटर रेलमार्ग बनाउने ल्योजना अघि सारिएको छ। यसहिसाबले पछिल्लो २० वर्षमा औसत वार्षिक १०८ किलोमिटर रेलमार्गको निमार्ण गर्नुपर्नेछ।

आयोगका उपाध्यक्ष प्राडा.पुष्पराज कँडेलका अनुसार पाँच वर्षमा रेलमार्गको राष्ट्रिय रणनीति संजाल निर्धारण गरिनेछ। सम्भाव्यता अध्ययनका आधारमा तयार पारिएको आयोजना बैंकअनुसार रेलमार्ग विस्‍तारको कार्य अघि बढाइनेछ। काठमामाडौं उपत्यकालगायत अन्य सहरी क्षेत्रमा मेट्रो तथा मनोरेल सेवा संचालनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्यमा निजी क्षेत्रमा लगानी आकर्षित गर्ने जनाइएको छ। रेलमार्गमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उल्लेख गरिएको छ।

आयोगले एकीकृत यातायातको विकासका लागि रेलमार्गको विकास गर्न थालिएको जनाएको छ। छिमेकी मुलुकसँगको बढ्दो व्यापारलाई सहजीकरण गर्न रेलमार्ग उपयोगी रहने अनुमान योजना आयोगको छ। रेलमार्ग निर्माणका लागि दक्ष जनशक्ति अभावका साथै पर्याप्त लगानी नहुनु अहिलेको समस्याका रूपमा आयोगले केलाएको छ।

रेल यातायातको सुविधा विस्तार गरी अन्तरदेशीय विस्तार गरी अन्तरदेशीय व्यापार सम्बन्ध पुहँचमा विस्तार बढाउँदै आर्थिक सामाजिक एकीकरणमा योगदान दिने र विकासमा योगदान पुग्नेगरी पहुँच मार्ग विस्तार गर्ने लक्ष्य योजना आयोगले अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.