|

काठमाडौं : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरे। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरे।

घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ। यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ। साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहिआएको छ। 

टुंडिखेलमा मनाइएको घोडे जात्राको केही झलक:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.