|

काठमाडौं : साहित्यकार  महेश थापाको नविनतम कृति 'मरीचिका' सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सो पुस्तकको सार्वजनिक गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले 'मरीचिका' पुस्तकमा समेटिएका विषयवस्तु  र शब्द शिल्पले आफूलाई आकर्षित गरेको बताए। उनले लेखक थापाको सिर्जनशील क्षमता र इमान्दारिताको पनि प्रशंसा गरे। लामो समयदेखि मोटरन्यूरोन रोगबाट शारीरिक रुपमा अशक्त थापाले नेपाली साहित्यमा गरेको योगदानले आफूलाई हर्षित तुल्याएको प्रधानमन्त्री ओलीले बताए।

कृति सार्वजनिक समारोहलाई सम्बोधन गर्दै ओलीले लेखक थापालाई कुनै सहयोग गर्नु परेको खण्डमा आफू सदैव तयार रहेको पनि जानकारी दिए। समाजमा खुट्टा तान्ने प्रवृति हावी भए पनि यसलाई चिरेर अघि बढ्नु पर्ने उनको धारणा थियो। कार्यक्रममा स्रष्ठा र सिर्जनाका बारेमा अभय श्रेष्ठ, डा. सरोज धिताल र कथाकार तथा प्राज्ञ माया ठकुरीले आफ्नो धारणा व्यक्त गरेका थिए। वक्ताहरूले कृतिमा परम्परागत भन्दा पनि आधुनिक परिवेशलाई प्रतिविम्वित गर्ने कथाहरू रहेकाे बताए।  

हिमाल साप्ताहिकका स्तम्भकारका रुपमा परिचित थापाको यो दोस्राे कृति हो। कृतिमा सोह्रवटा कथा समेटिएका छन्। पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.