|

काठमाडौं : मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्‍ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्।जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो।

यसैबीच उक्त रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच जर्मनीबाट बुढामगरको पहलमा संकलन गरिएको एक लाख चार हजार रुपैयाँ कुवँर र ढुंगानालाई ५२/५२ हजार रुपैयाँ पर्नेगरी हस्तान्तरण गरिएको हो। बुढामगरका तर्फबाट पत्रकारहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।

त्यस अवसरमा घाइते बुद्धिमान र हरिकाजीले देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोगले आफ्नो नियमित उपचारमा सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले राज्यले उपचारमा केही सहयोग नगरे पनि मनकारी नेपालीहरूको सहयोगले अहिले उपचारका साथै बाँच्‍न सहज भएको प्रतिक्रिया दिए।

बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले उक्त रकम संकलन गरेर पठाएका हुन्। सुशील पुन, इनुशा बुढामगर, हेमा तामाङ, अम्बिका लिम्बू, मनिता राई, सरीता सुनुवार, राधा गुरुङ, दिपीका शाक्य, निशा राई, विना गुरूङ, विष्णु राई, हेमा गुरूङ, इन्दिरा राई, रिता पुर्जा, गौसरी पुन छन्त्याल, रिष्मा राई, अर्जना देवान, सिर्जना राई, सरीता गुरुङ, अना राई, पावी सुनुवार, बन्दना पुन बुढामगर, सुरेश बिकेआइ, संगीता पुन, समिता थापा, आशा लिम्बू, रोशनी राई, शिलु पुन, एलिशा राई, हेलेन याक्खा, देओ राई, शितल गुरूङ, राधा लिम्बू, सम्सीला गुरूङ, लक्ष्मी आले, मनिला कन्दङ्वाले सहयोग गरेका हुन्।

को हुन बुद्धिमान र हरिकाजी?

बैजनाथ गाउँपालिका ८ बाँकेका २३ वर्षीय बुद्धिमान कुँवर भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका एक श्रीमती र एक छोरा छन्।

यसैगरी रूपाकोट मझुवागढी नगरपालिका ६ दिक्तेल खोटाङ निवासी ३६ वर्षीय हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा बिजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका श्रीमती र दुई छोरी छन्।

केही समयदेखि कुँवर र ढुंगानाको उपचारका निम्ति सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलिरहेको छ। उनीहरू अहिले काठमाडौंमा डेरा गरेर उपचार गराइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.