|

काठमाडौं :  प्रगतिशील लेखक संघको अध्यक्षमा जिवेन्द्रदेव गिरी निर्वाचित भएका छन्। लेखक संंघको ११ औँ राष्ट्रिय सम्मेलनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन्। 

ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा शुक्रबारदेखि भएको वामपन्थी लेखकहरुको साझा संगठन प्रलेसले ४५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ। प्रलेसको उपाध्यक्षमा  गोपिरमण उपाध्याय र सुशीला प्रधानाङ्ग निर्वाचित भएका छन्। त्यस्तै  महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिव प्रकाश थापा र बाबुराम आचार्य तथा कोषाध्यक्षमा डा. ध्रुव घिमिरे निर्वाचित भए। 

त्यस्तै केन्द्रीय सदस्यहरूमा नारायण मरासिनी, बालकृष्ण अधिकारी, मणि अर्याल, जनक रसिक, बम बानियाँ, झगिन्द्रराज ढकाल (पारस), लोकबहादुर थापा, सुमित्रा वाङ्देल चेली, इन्द्रराज लामा, पुरु लम्साल, मधु कमारी क्षेत्री, प्रदीप प्रधान, मीनबहादुर राना, जीवन शाही, ताराप्रसाद शर्मा, कमल कार्की, अर्जुन पौडेल, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, सरस्वती दुमी राई, डा‍. दिपक गौतम, नरेश न्यौपाने, शरद अधिकारी, ओमप्रसाद घिमिरे, शालिकराम तिमिल्सिना, केशव थापा, डा‍. देवी दुलाल, राजेश विक, गिरिप्रसाद बुढा र रिद्धिरमण घिमिरे सर्वसमत चयन भएका छन्।

प्रलेसले ४५ सदस्यीय कमिटी बनाउने तयारी गरेको भए पनि हाललाई ३९ सदस्य चयन गरेको र ६ जनापछि मनोनयन गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.