|
File Photo

सुर्खेत : गत माघ १६ गते मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा नरबहादुर घर्तीलाई कार्यकक्षमा कालोमोसो दल्ने नेकपाक्रान्तिकारी माओवादी वैद्य समूहका हिक्मतबहादुर शाही (हिमाल शाही) लाई प्रहरीले पक्राउ गरेको छ।

नेकपा क्रान्तिकारी माओवादी वैध समूहका कार्यकर्ता लिई काठमाडौं तर्फ जाँदै गरेको ना६ख. ८३३ नंम्बरको बसमा काडमाडौं जाँदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका १२ को छिन्चुमा चेक जाँचका क्रममा शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

दैलेख आठबिस नगरपालिका ३ का २७ वर्षीय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी रहेको सुर्खेतका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

यसैबीच, अदालतबाट सजाय पाएका फरार अपराधी सुर्खेतको लेकवेशी नगरपालीका ७ हिलेसोता बस्ने ४७ वर्षीय गोकुल सार्कीलाई पनि पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएको छ। उनलाई वन मुद्दामा जिल्ला अदालत सुर्खेत २ महिना कैद र १ लाख १५ हजार १ सय ६५  धरौटी सजाय तोकेकोमा फरार रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.