|

काठमाडौं : मलेसियामा आइतबार राति कामदार बोकेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा नेपालीहरु पनि परेको आशंका गरिएको छ। मलेसियाको बर्नामा न्यूजले दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जना नेपाली रहेको जनाएको छ।

केएलआईए जिल्लाका प्रहरी प्रमुख एसीपि जुल्किफ्ली अदाम्शाले ४३ जना यात्रु चढेका बस गएराती दुर्घटना हुँदा ५ जना नेपाली, ३ जना इन्डोनेशियाली नागरिक, दुई बंगलादेशीको मृत्यु भएको बताएका बर्नामा न्यूजले उल्लेख गरेको छ।

  दुर्घटनामा घाइते भएकाहरुको सेर्दाङ्ग, पुत्रजया, बान्टिङ्ग र काजाङ्ग अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ। एम ए एस कार्गोका ४३ विदेशी कामदार ड्युटीबाट फर्किएर निलाई, नेगरी सेम्बिलानमा रहेका होस्टेलतर्फ फर्किरहेका बेला सेपाङ्गको मास्कार्गो क्षेत्रमा दुर्घटनामा परेका हुन्।

यता परराष्ट्र मन्त्रालयले दुर्घटनामा नेपाली पनि परेको आशंका गरिएको भन्दै मलेसियास्थित नेपाली दूतावासबाट कर्मचारीहरु घटनाबारे बुझ्नका लागि खटिएका जनाएको छ। 'दुर्घटनामा नेपाली परेको आशंका गरिएको छ, दूतावासका कर्मचारीले जानकारी लिँदै छन्, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने 'त्यहाँबाट थप रिर्पोटिङ भएपछि विस्तृत जानकारी प्राप्त हुन्छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.