|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्‍दु राष्ट्रको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। काठमाडौँको पुतलीसडकमा प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ। झडपमा राप्रपाका केही कार्यकर्ता घाईते भएका छन्।

प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्ज गरेको हो। झडपका क्रममा घाइते भएका राप्रपाका कार्यकर्तालाई उपचारका लागि मोडल अस्पताल बागबजार लगिएको छ। प्रदर्शनको नेतृत्व गरेका राप्रपा अध्यक्ष कमल थापा, नेता दीपक बोहोरा र बुद्धिमान तामाङले लिएका थिए।


 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.