|

सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस आफ्नै कारणले कमजोर भएको टिप्पणी गरेका छन्। पार्टीको महामन्त्री भएपछि गृहजिल्लामा पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएका महामन्त्री खड्काले कांग्रेसको चुनौती कम्युनिष्ट नभएको समेत जिकीर गरे। कांग्रेसमा मौलायको गुटगत राजनीति र नेताहरूको स्वच्छेचारी शैलीका कारण जनता कुडिंएको उनको भनाई छ। 

पूर्व गृह तथा सञ्चारमन्त्री समेत रहेका खड्काले भने, ‘ओली नेतृत्वको सरकारले जनतामा निराशा बाहेक केही दिन सकेको छैन। शान्ति सुरक्षाको अवस्था खस्किँदै गएको छ।’ सरकारको अस्वभाविक निर्णय, अपरिपक्क कार्यशैलीका कारण सम्रग लोकतन्त्र खतरामा परेको भन्दै जनताको अवको रोजाई कांग्रेस हुने उनको भनाई छ। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा कमजोर रहेको कांग्रेसलाई अगामी चुनाबमामाथि उठाउन पार्टीले गम्भीर भएर सोच्नु पर्ने बताए।

यस्तै नेपाली कांगेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानीले पार्टीमा अझै पनि व्यक्तिगत स्वार्थ र गुटगत राजनीति मौलाएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा टिकट वितरण, जिल्ला सभापतिहरूको असन्तुष्टिले पनि पार्टीलाई अझै निराशा बनाएको बताए। कार्यक्रममा कांग्रेसका भातृ संघ संगठन र कांग्रेस समर्थक सुभेच्छुकहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.