|

- रमेश रावल 

कालिकोट- लालु गाविसका रत्न विक रोजगारीका लागि भारत जाने गरेका थिए। गाउँमा भएका बेला उनी खास केही काम गर्दैन थिए। फुर्सदिला विक सरकारले चलाएको ६५ दिने युवा सशक्तिकरण तालिममा सहभागी भए। 

विकले मोबाइल मर्मत गर्ने सिप सिके। त्यसपछि गाउँमै काम गर्ने योजना बनाए।

तर पैसा थिएन। उनले सहकारीबाट ऋण लिए।

मोबाइल मर्मत पसल सुरु गरे।

अहिले विकको दैनिकी फेरिएको छ। मोबाइल मर्मत गरेरै पुरा दिन कटाउँछन्। उनको व्यापार राम्रो छ।‘गाउँमा मोवाइल नभएको मानिस छैन्।’ उनले भने,‘दैनिक १० देखि २० मोवाइल बनाएपछि राम्रो आम्दानी हुने गरेको छ।’ 

अब रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको उनले सुनाए। ‘गाउँमा नै स–साना काम गर्दा पनि रोजगार भइन्छ।’ उनले भने,–‘म पहिले भारत जाने गरेको थिए । अहिले गाउँमा नै राम्रो कमाई हुन्छ किन भारत जानु?’ 

सहकारीबाट लिएको ऋण विकले तिरिसकेका छन्।‘सहकारीबाट ऋण लिएर मोबाइल मर्मत पसल खोलेको थिएँ। अहिले ऋण तिरिसके,’ उनले भने। 

गाउँमा मोबाइल मर्मत गरेर दैनिक १ हजारदेखि १२ देखि सय रुपैयाँसम्म कमाउने उनी बताउँछन्। 

गाउँमा अहिले लघु–उद्यम गरेर राम्रो कमाई गर्नेको संख्या वृद्धि हुदैँ गएको स्थानीय शिक्षक निर्मलकुमार विष्टले बताए।‘गाउँमा स–साना काम गरेर धेरै मानिसले रोजगारी पाएका छन्,’ उनले भने,–‘गाउँमा नै राम्रो काम गरे कसैले भारत र अन्य देशको रोजगारी जानुपर्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.