|

सुर्खेत : कर्णाली प्रदेश सहकारी विधेयक २०७५ प्रदेश सभाबाट पारित भएको छ। प्रदेश सभाको आज मंगलबार बसेको बैठकले सो विधेयक पारित गरेको हो। 

भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री बिमला केसीले संसदमा पेश गर्नु भएको विधेयक संसोधनसहित पारित गरिएको हो। सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले विधेयक जनतासँग गएर सल्लाह सुझाव समेटेर तयार भएको जानकारी दिइन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारको तीनखम्बे नीतिअन्तर्गत रहेको सहकारी विधेयक पारित गरेकोमा सबैलाई धन्यवाद दिइन्।

‘प्रत्येक्ष जनतासँग जोडिएर विधेयक बनाइएको हो’, उनले भनिन, ‘प्रत्येक जिल्लामा पुगेर उक्त विधेयकमा राय सुझाव लिइएको छ।’  उनले छलफलमा भाग लिएर रचनात्मक सुझाव दिने तथा विधेयकमा संशाेधनको सूचनामार्फत थप आकर्षक छलफलका लागि सहयोग गर्ने सांसदलाई धन्यवाद प्रकट गरिन्। यस्तै मंगलबारको बैठकमा कर्णाली प्रदेश स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशाेधन परेपछि थप छलफलका लागि समितिमा पठाइएको छ।

यस्तै कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई पनि अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाइएको छ। कर्णाली प्रदेश सभाको अर्को बैठक बिहीबार दिउसो १ बजेका लागि आह्वान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.